Friday, April 2, 2021

E-TDS कसरी गर्ने

कुनै पनि कर लाग्ने कारोबारको भुक्तानी गर्दा कै समयमा कर कट्टी गर्ने प्रावधानलाई भुक्तानीमा कर कट्टी वा
अग्रिम कर कट्टी भनिन्छ । 
आयकर ऐन, २०५८ को परिच्छेद १७ मा भुक्तानीमा कर कट्टी सम्बन्धी व्यवस्था रहेको छ ।
यसरी भुक्तानी गर्दा कै समयमा कट्टी गरिएको कर लाई सम्बन्धित व्यक्तिको स्थायी लेखा नं मा जम्मा गर्नका लागि हामी E-TDS गर्छौ । 
 E-TDS गर्ने तरिका :
1. सर्वप्रथम computer को ब्राउजर ओपन गर्ने 
2. Web search Bar मा www.ird.gov.np लेखी Enter गर्ने ।











3. आन्तरिक राजस्व कार्यालयको वेभसाईट खुल्छ । 
4. त्यसपछी करदाता पोर्टलमा क्लिक गर्ने ।

5.  बायाँ पट्टी + ETDS को + चिन्हमा click गर्ने
6. त्यसको तल फेरी ETDS लेखेको हुन्छ त्यसमा click गर्ने
7. त्यसपछि ETDS कार्यका लागि सब्मिसन नं लिने फारम खुल्छ । त्यसमा आवश्यक विवरणहरुमा * चिन्ह लागेको छ । त्यस्ता * चिन्ह लागेका विवरणहरु अनिवार्य रुपमा लेख्ने । जस्तै प्रयोगकर्ताको नाम abcd पासवर्ड 1234 पुन पासवर्ड 1234 स्थायी लेखा नं ९ अंकको  फोन नं 9800... टि डि एस कलेक्सन अन्तरालमा कारोबार भएको महिनाको अवधि लेख्ने 2077.11.01 - 2077.11.29 सम्म
सबै विवरणहरु भरे पश्चात Register भन्ने बटनमा click गर्नुहोस । 
त्यसपछी तपाईको स्क्रिनमा तपाई सफलता पूर्वक रजिष्टर हुनुभयो भन्दै सब्मिसन नं आउछ । सो नं लाई नोट गर्नुहोस । 
नोट: ट्रानस्याकसन विवरण update, check र print गर्नको लागि सब्मिशन नं. , प्रयोगकर्ताको नाम र पासवर्ड चाहिन्छ । 

त्यसपछी ट्रान्स्याक्सन भर्ने मा क्लिक गर्नुहोस । 
त्यहा आवश्यक भएका विवरणहरु स्थायी लेखा नं  भुक्तानी मिति रकम TDS रकम तथा TDS प्रकार छान्नुहोस र तल पट्टी रहेको add बटनमा click गर्नुहोस । 

माथि पट्टी रहेको भौचर भर्ने फारम मा click गरि सो कट्टी गरेको बैक भौचरको  विवरण  भर्नुहोस । 

भौचर रिकन्साइल Non Reconciled हुनु हुदैन । तपाईले भरेको सबै विवरण ठिक भएमा भौचर रिकन्साइल  Reconciled हुन्छ ।  सबै विवरणहरु ठिक भए पछि  add भन्ने बटनमा click गर्नुहोस । 
पुन ट्रान्स्याक्सन भर्ने मा क्लिक गर्नुहोस 

सबै विवरणहरु भरे पश्चात save भन्ने बटनमा click गर्नुहोस । त्यसपश्चात submit बटनमा क्लिक गर्नुहोस । 
successfully finalized भन्ने message आउछ । तपाईको  ETDS को विवरण भर्ने प्रकृया समाप्त हुन्छ। 
ETDS को प्रकृया यति गर्देमा समाप्त हुदैन । अघि हामीले नोट गरेको सब्मिसन नं लाई आफूलाई पाएक पर्ने आन्तरिक राजस्व कार्यालय वा  करदाता सेवा कार्यालयमा गई  Verify गरे पश्चात सबै प्रकृया समाप्त हुन्छ । 

सुरुमा ETDS को प्रकृया झन्झटिलो भए पनि गर्दै जादा एकदमै सजिलो छ।  
समयमै ETDS गरौ है  । 
धन्यवाद  


© Mukunda Bhattarai 


No comments:

Post a Comment